Featured Slider Top News राजनीति

ओलीद्वारा एमालेको नयाँ स्थायी कमिटी गठन, नेपाल समूह परेनन्

काठमाडौं,१० बैशाख। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी गठन गर्नुभएको छ।

आज बसेको एमालेको महाधिवेशनको आयोजक कमिटीको बैठकले स्थायी कमिटी गठन गरेको हो। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले उक्त स्थायी कमिटीमा वामदेव गौतमलाई पनि राखिएको छ । तर, झलनाथ खनाल र माधवकुमार नेपालतर्फका कसैलाई पनि राखिएको छैन ।

स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ, केशब बडाल र पुष्पराज कँडेल हुनुहन्छ।

एमालेको नवौं महाधिवेशनबाट बनेको स्थायी कमिटी गएको २८ फागुनको बैठकमा खारेज गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *