राजनीति

खुलामञ्चमा विपन्न जनतालाई खुवाए बाबुरामले खाना

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता डा.बाबुराम भट्टराईले आज विहान साढे ९ बजे खुलामञ्चमा विपन्न जनतालाई खाना खुवाएका छन् ।

कोरोना भाइरसको बन्दाबन्दीका कारण कतिपय मानिसहरू भोकभोकै दिन कटाउनु परेको छ । सो अवस्थामा विभिन्न संघसंस्थाले खाना वितरण गरिरहेका छन् ।

बुधबार हाम्रो टिम नेपाल, मानवी क्रियटिभ एशोसिएशन, गसिप क्वीइन र हाम्रो सानो प्रयासले आयोजना गरेको खाना वितरण कार्यक्रमा डा.भट्टराई सहभागी भएर खाना वितरण गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *