काठमाडौं,१० बैशाख। पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस ९कोभिड(१९)को संक्रमण पुष्टि भएको छ । ९६६४ नमूना परीक्षण गर्दा पीसीआरबाट ८७९८ र एन्टीजेनबाट ८६६ गरी जम्मा २५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँचजनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १२२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी २४ घण्टामा ४१० जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७६ हजार ७५५ पुगेको छ । निको हुनेको दर ९३।९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।