Top News खेलकुद

नेपाल सुपर लिगको विजेताले ३५ लाख पाउने

काठमाडौं, १० बैशाख। नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को विजेताले नगद ३५ लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् ।

आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले प्रतियोगिताको अघिल्लो दिन शुक्रबार पत्रकार सम्मेलन गर्दै पुरस्कार राशी घोषणा गरेको हो । उपविजेताले भने १५ लाख रुपैयाँ पाउने ।

यस्तै उत्कृष्ट गोलकिपर, डिफेण्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले १-१ लाख रुपैयाँ प्राप्त गर्ने एनएसएलका निर्देशक श्रेयांश कार्कीले बताउनुभयो ।

यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक जना राइजिङ खेलाडीलाई पनि पुरस्कृत गर्ने उहाँले बताउनुभयो । तर त्यसको रकम भने खुलाइएको छैन ।

यस बाहेक हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार रुपैयाँ पाउनेछन् । यस्तै हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने एक जना इमर्जिङ खेलाडीले पनि १० हजार रुपैयाँ प्राप्त गर्ने कार्कीले बताउनुभयो ।

अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगितामा नेपालको सात फ्रेन्चाइज टिम विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चिवतन, पोखरा थण्डर्स, बुटबल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *