Top News स्वास्थ्य

काठमाडौं उपत्यकामा कम्तिमा ४ साताको लागि लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सुझाव

काठमाडौं,११ बैशाख। काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउन  गर्न स्वास्थ्य मन्त्रालयले सिफारिस गर्ने भएको  छ ।

कोरोना संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै कम्तिमा ४ साताको लागि  लकडाउन गर्न मन्त्रालयले सुझाव दिएकोे हो ।

आज अपरान्ह ४ बजे सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरुले प्रधानमन्त्रीलाई पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *