Top News अन्य

नक्कली नोटसहित एक किशोर पक्राउ


ललितपुर,१२ बैशाख। ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित ग्वार्कोबाट प्रहरीले नक्कली नेपाली रुपैयाँ सहित एक किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुम्लाको सार्केटार गाउँपालिका–७ जैर घर भएका १९ वर्षीय मुन बहादुर रावत छन् ।

महानगरीय प्रहरी वृत सातदोवाटोबाट खटिएको टोलीले रावतको साथबाट १ हजार दरका ५ थान नक्कली नेपाली रुपैयाँ बरामद गरेको छ । उनले नक्कली नोट कहाँबाट ल्याए भन्नेबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरीले जनाएको छ।

रावत बिरुद्ध प्रहरीले मुद्रा सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *