Top News अन्य

काठमाडौं जिल्ला प्रशासनको अत्यावस्यक सेवा बाहेकका सबै सेवा स्थगित

काठमाडौं,१२ बैशाख। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेको छ । सोमबारदेखि लागु हुने गरी जिप्रकाले सो सूचना जारी गरेको हो ।

कार्यालयमा कार्यरत केही कर्मचारी संक्रमित भएको र उनीहरुको निकट सम्पर्कमा रहेका अन्य कर्मचारीहरु समेत परीक्षणको क्रममा रहेकाले कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताउनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *