Featured Post अर्थ

निषेधाज्ञाको हल्लासँगै ६५.५८ अंकले घट्यो सेयर बजार

काठमाडौं,१३ बैशाख । सोमबार नेप्से परिसूचक ६५.५८ अंकले घटेर २५०६.६२ विन्दुमा अडिएको छ । २ कम्पनीको भाउ भने सर्किट लाग्ने गरी वृद्धि भएका छन । त्यसमा विशाल बजार कम्पनी रहेको छ । यसको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । र, महिला लघुवित्त वित्तिय संस्थाको पनि सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ ।

आज ६ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ सय २० कम्पनीको १ करोड २९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको हो । अपर तामाकोशी कारोबार रकममा सबैभन्दा अघि छ । यसको ३१ करोड ७४ लाख रुपैयाँ भन्दा बढीको सेयर खरिद बिक्री भएको छ । दोस्रोमा निफ्रा र तेस्रोमा पुनर्बिमा कम्पनी परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *