Top News स्वास्थ्य

पछिल्ल्लो २४ घण्टामा ३ हजार ५५६ मा संक्रमण, १२ को मृत्यु


१३ बैशाख, काठमाडौं । पछिल्ल्लो २४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । यस्तै थप १२ जना संक्रमितको मृत्यु भएको छ ।
१२ हजार ४ सय नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ र ८९३ एन्टिजेन परीक्षण गर्दा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ । जसमध्ये गत २४ घण्टामा १२ सहित ३ हजार १७६ जनाको मृत्यु भएको छ भने हालसम्म २ लाख ७७ हजार ९५१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३७८ जना निको भएको मन्त्रालयले जनाएको छ ।

आज थपिएका संक्रमितमध्ये १ हजार ९१२ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंमा १ हजार ५६७, ललितपुरमा २२३ र भक्तपुरमा १२२ जना छन् । यस्तै बाँकेमा ३०७, मोरङमा १३४, पर्सामा ९८, चितवनमा ९६ तथा रुपन्देहीमा ९५ जना संक्रमित थपिएका छन् ।

यसैगरी कास्कीमा ६२, झापामा ४३, सुनसरीमा ४२, कञ्चनपुरमा ४१, पाल्पामा ३४, मकवानपुर र बैतडीमा ३२÷३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *