Top News अन्य

८ बर्षिया बालिकालाई बलात्कार आरोपमा ६३ बर्षीय पुरुष पक्राउ

काठमाडौं,१४ बैशाख । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको चन्द्रागिरी नगरपालिका-१४ नैकाप बस्ने तनहुँ, दमौली नगरपालिका-१४ घर भएका ६३ वर्षीय कमल थापालाई प्रहरीले पक्राउ गरेको हो ।

थापाले ती बालिकालाई जबरजस्ती करणी गरेको भने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *