Featured Slider Top News स्वास्थ्य

पछिल्लो २४ घण्टामा ४५ सय २४ संक्रमण,१८ को मृत्यु


काठमाडौं,१४ बैशाख। पछिल्लो २४ घण्टामा नेपालमा ४५ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १४ हजार ६७२ जनाको परीक्षण गर्दा ४ हजार ३६४जनामा संक्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिबाट १ हजार ९ जनाको परीक्षण गर्दा १६० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै बितेको २४ घण्टामा थप १८ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको पनि मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७८ हजार ५०६ पुगेको छ। यस्तै मृतकको संख्या ३ हजार १९४ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २२५ पुगेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *