Featured Post अन्य

चालक अनुमतिपत्रको आवेदन अनिश्चितकालका लागि बन्द

काठमाडौं,१४ बैशाख। आगामी वैशाख १६ गतेदेखि अनिश्चितकालका लागि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन बन्द हुने भएको छ । मंगलबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै सोबारे जानकारी दिएको हो ।

‘विश्वभरी फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड–१९ महामारीका कारण वैशाख १६ गतेबाट अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द गरिने व्यहोरा जानकारीको लागि अनुरोध छ । यसबाट सेवाग्राहीलाई हुने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं’ प्रवक्ता डा.लोकनाथ भुसालद्वारा जारी सूचनामा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *