Featured Slider अन्य

आजको राशिफल

२०७८ वैशाख १५ गते, बुधवार, २८ अप्रिल २०२१। वैशाख कृष्णपक्ष प्रतिपदा तिथि (७ः३३ बजेदेखि द्वितीया)। विशाखा नक्षत्र। चन्द्रराशि– तुला, १४ः४० बजेदेखि वृश्चिक।ज्योतिष :गोपाल अधिकारी फोन:977-9818770779 ( viber, imo )

१. मेष राशि : व्यापार व्यवसायमा लाभ प्राप्त हुने छ । धनलाभ हुने छ । सन्तानबाट पनि सन्तुष्टि प्राप्त हुनसक्ला। स्त्री बाट पनि सहयोग मिल्न सक्छ।

२. बृष राशि : मन प्रसन्न रहने छ । शत्रुमाथि विजय प्राप्त हुनेछ। ख़र्चमा बृद्धि हुने छ ।

३. मिथुन राशि : नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ।

४. कर्कट राशि : पारिवारिक कारणले मनमा चिन्ता तथा असन्तुष्टि रहला। सोचे अनुरूप सफलता नमिल्दा मन खिन्न रहने छ । मन्द गतिमा कार्य अघि बढ्ने छ ।

५. सिंह राशि: सुख र धनको प्राप्ति हुनेछ। नयाँ वस्त्र प्राप्त हुनसक्छ। मित्रबाट सहयोग र साथ मिल्ने छ। समय उत्तम सिद्ध हुनेछ।

६. कन्या राशि : बोली तथा वाणीको प्रभावमा वृद्धि हुनेछ। उत्तम भोजन प्राप्त हुने छ । आफन्त तथा परिवारजनबाट साथ र सहयोग प्राप्त हुने छ ।

७. तुला राशि : मित्रबाट सहयोग र साथ मिल्ने छ। समय उत्तम सिद्ध हुनेछ। चाहेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ ।

८. वृश्चिक राशि : धन लाभ हुन सक्छ। व्यापार व्यवसायमा सन्तुष्टि जनक नतिजा प्राप्त हुनसक्ला। सुखद यात्रा पनि हुनसक्छ ।

९. धनु राशि : सुख र आनन्द प्राप्त हुनेछ। वस्त्र,आभूषण तथा दाम्पत्य सुख आदि प्राप्त हुनेछ। मन प्रसन्न रहने छ ।

१०. मकर राशि : मानसम्मानमा वृद्धि हुनेछ । गरेको कार्यमा सफलता मिल्ने छ । नेतृत्वदायी भूमिका निर्वाह गर्नु हुने छ ।

११. कुम्भ राशि : लामो दूरीको यात्रा सफल रहनेछ। भाग्यले साथ दिनेछ। धार्मिक स्थलहरूको भ्रमण तथा दर्शन गर्नु हुनेछ । कार्यहरू दृत गतिमा अघि बढ्ने छ ।

१२. मिन राशि : मन अशान्त रहनेछ। व्यापार व्यवसायमा घाटा हुन सक्छ । हरेक कार्य गर्दा होसियार हुनु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *