Top News अन्य

सुनसरीको सीमामा छ सय सशस्त्र खटाइयो

इनरुवा ,१५वैशाख। भारतसँग सीमा जोडिएको सुनसरीको नाकामा ६ सयको संख्यामा सशस्त्र प्रहरी खटाइएको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले दिएको जानकारी अनुसार खुला नाकाबाट हुन सक्ने आवातजावत उपर निगरानी र नियन्त्रणको लागि जनशक्ति थप गरी परिचालन गरिएको छ । सशस्त्र प्रहरी उपरीक्षक माधव प्रसाद पौडेलले भारतमा कोरोना भाइरसले भयावह अवस्था निम्त्याएको र नेपालमा समेत संक्रमण दर बढ्दो क्रममा रहेको हुँदा खुला सीमाबाट हुने आवतजावत रोक्न सुरक्षाकर्मीको उपस्थिति बढाइएको बताए । पौडेलले धरान, इटहरी लगायतका क्षेत्रमा रहेको जनशक्तिलाई व्यवस्थापन गरी सीमा क्षेत्रमा परिचालन गरिएको बताए । उनका अनुसार सीमा क्षेत्रमा आवश्यक्ता अनुसार सुरक्षाकर्मी थपिदै लगिने छ । सुनसरीको ६२ किलोमिटर भूमि भारतसँग खुला रुपमा सीमा जोडिएको छ । बर्जु, देवानगञ्ज, कोशी र हरिनगर गाउँपालिकाको नाका भारतसँग जोडिएको र दुई देशीय रुपमा हुने खुला आउजाउले जोखिम बढाउने हुँदा नाकामा कडाइ गरिएको पौडेलको भनाई छ । सीमा क्षेत्रमा सशस्त्रका १० वटा बिओपी (बोर्डर आउट पोष्ट) रहेका छन् । अघिल्लो पटक झंै सशस्त्रले दोस्रो चरणको कोरोना महामारीलाई मध्यनजर गर्दै सीमामा फरवार्ड पोष्ट समेत थपेको छ । सशस्त्र प्रहरी उपरीक्षक पौडेलका अनुसार ९ वटाको संख्यामा फरवार्ड पोष्ट संचालनमा ल्याइएको छ । ति पोष्टमा आवश्यक्ता अनुसारको सुरक्षाकर्मी थप गर्दै लगिने उनले जानकारी दिए । प्रहरी उपरीक्षक पौडेलका अनुसार सीमा क्षेत्रमा सशस्त्रले पैदल गस्तीका साथै साइकल, मोटरसाइकल र गाडीबाट हुने गस्ती बढाएको छ । उनले रातीको समयमा समेत निगरानी र सर्तकता बढाइएको बताए । सरकारले खुला गरेको भाण्टबारी नाकाबाट स्वास्थ्य चेकजाँग गरी प्रवेश दिइनु वाहेक अन्यत्रबाट हुने प्रवेशलाई शून्यमा झारिने पौडेलले बताए । जसको लागि भारतीय सुरक्षाकर्मी (एसएसबी) सँगको समन्वय र सहकार्यमा सीमामा निगरानी संगै कडाइ थालिएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *