Top News राजनीति

राष्ट्रियसभा सदस्य खड्का पदमुक्त

काठमाडौं,वैशाख राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त हुनुभएको छ । राष्ट्रियसभाका सचिवले बुधबार सूचना प्रकाशित गर्दै राजनीतिक दलसम्बन्धी ऐनअनुसार खड्का पदमुक्त भएको जानकारी दिनुभएको हो ।

खड्का नेकपा माओवादी केन्द्रको तर्फबाट लुम्बिनी प्रदेशबाट निर्वाचित हुनुभएको थियो । नेकपा एमाले प्रवेश गरेको भन्दै माओवादी केन्द्रले कारबाही गरेपछि उहाँ पदमुक्त हुनुभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *