पोखरा,१६ वैशाख। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गरेका छन्।
राजिव गुरूङ (दीपक मनाङे) युवा तथा खेलकूद मन्त्री भएका छन्।
अहिले केहीबेमा प्रदेश नीति तथा योजना आयोगको सभा हलमा सपथग्रहण गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री गुरूङका प्रेस सल्लाहकार विक्रम न्यौपानेले बताए।
आफूविरूद्ध अविश्वास प्रस्ताव आइरहेका बेला मुख्यमन्त्री गुरूङले मन्त्रिपरिषद विस्तार गरेका हुन्। बुधबार सांसद गुरूङ प्रदेश सभा बैठकमा पनि सहभागी भएका थिएनन्।