Top News पालिका खबर स्वास्थ्य

काठमाडौं महानगरले निषेधाज्ञाको अवधिभर निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने


काठमाडौं,१६वैशाख । काठमाडौं महानगरपालिकाले निषेधाज्ञाको अवधिभर महानगरबासिलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

काठमाडौं महानगरपालिकाले बिहिबारदेखि महानगरबासिका लागि १० वटा निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । महानगरपालिकाले संयुक्त एम्बुलेन्स चालक संघसँग बिहिबारदेखि १० वटा एम्बुलेन्स निःशुल्क सञ्चालन गर्नको निम्ति सम्झौता गरेको हो । निषेधाज्ञाको समयमा काठमाडौंबासिलाई पर्ने स्वास्थ्य समस्या समाधानका लागि घरबाट अस्पताल, अस्पतालबाट घर र अस्पतालबाट अस्पताल सम्मको निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले बताउनुभयो ।

महानगरपालिकाले बैशाख १६ गतेदेखि १५ दिनसम्म निःशुल्क एम्बुलेन्स सेवा दिने भएको हो । महानगरपालिकाले १५ दिनका लागि प्रति एम्बुलेन्स एकमुष्ठ कर सहित १ लाख २१ हजार रुपैँया संयुक्त एम्बुलेन्स चालक संघलाई दिइने सम्झौतापत्रमा उल्लेख गरिएको छ । एम्बुलेन्सले काठमाडौं महानगरपालिका भित्र २४सैं घण्टा सेवा प्रदान गर्ने जनाइएको छ । महानगर प्रमुख बिद्यासुन्दर शाक्यले कहिँकतैबाट पनि गुनासो नआउनेगरी सेवा दिन एम्बुलेन्स चालकहरुलाई आग्रह गर्नुभयो । कसैलाई हेलचेक्र्याई र दुव्र्यवहार नगरी सेवा प्रवाह गर्न उहाँले निर्देशन समेत दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *