Featured Post अन्य

आजको राशिफल

२०७८ वैशाख १७ गते, शुक्रवार, ३० अप्रिल २०२१। वैशाख कृष्णपक्ष चतुर्थी तिथि। ज्येष्ठा नक्षत्र (१७ः०२ बजेदेखि मूल)। चन्द्रराशि– वृश्चिक, १७ः०२ बजेदेखि धनु।

ज्योतिष :गोपाल अधिकारी(977-9818770779 ,viber, imo, whatsapp )


१. मेष राशि : अनावश्यक यात्रा तथा खर्च हुनसक्छ। आफ्नो स्वास्थ्यको विशेष ध्यान दिनुहोला। व्यार्थ को कार्यमा आफ्नो उर्जा, समय र पैसा खर्च हुनसक्छ।

२. बृष राशि : साझेदारीमा गरिने काममा सफलता मिल्ने छ । व्यापार व्यवसायमा सन्तुष्टि जनक नतिजा प्राप्त हुनसक्ला। दाम्पत्य जीवन सुखद रहन्छ ।

३. मिथुन राशि : सेवा क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्नु हुने छ । प्रतियोगिता मुलक कार्यमा सफलता प्राप्त हुनेछ।

४. कर्कट राशि : कुनै पनि कार्य गर्दा आफु अघि नबढ्नु राम्रो हुन्छ । अनावश्यक यात्रा तथा खर्च हुनसक्छ। आफ्नो स्वस्थ्यको विशेष ध्यान दिनुहोला।

५. सिंह राशि: पारिवारिक कारणले मनमा चिन्ता तथा असन्तुष्टि रहला। सोचे अनुरूप सफलता नमिल्दा मन खिन्न रहने छ । मन्द गतिमा कार्य अघि बढ्ने छ ।

६. कन्या राशि : काम गर्न सक्ने जोस जागर आउने छ । छोटो दूरीको यात्रा हुन सक्छ । विचार आदानप्रदान गर्दै दिन बित्ने छ ।

७. तुला राशि : बोलीको सकरात्मक प्रभाव रहने छ । आफन्त तथा परिवारजनबाट साथ र सहयोग प्राप्त हुने छ । नयाँ नयाँ कुरा सिक्ने अवसर मिल्ने छ ।

८. वृश्चिक राशि :
मित्रबाट सहयोग र साथ मिल्ने छ। समय उत्तम सिद्ध हुनेछ। चाहेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ ।

९. धनु राशि : निर्णय गर्दा दोधारको अवस्था आउने छ । कल्पनाशिल भएर गरिने कार्य तर्फ मन जाने छ । खर्चमा बृद्धि हुने छ । स्वस्थको ख्याल गर्नु होला ।

१०. मकर राशि : व्यापार व्यवसायमा लाभ प्राप्त हुने छ । धनलाभ हुने छ । प्रेम प्रस्ताव आउन सक्ने छ । मित्रहरूबाट सहयोग मिल्ने छ ।

११. कुम्भ राशि : मानसम्मानमा वृद्धि हुनेछ । । नेतृत्वदायी भूमिका निर्वाह गर्नु हुने छ । परिवारमा प्रसन्नता छाउने छ ।

१२. मिन राशि : प्रेममा धोका हुन सक्छ । व्यापार व्यवसायमा घाटा हुन सक्छ । हरेक कार्य गर्दा होसियार हुनु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *