Top News अन्य

निषेधाज्ञामा थप कडाइ

काठमाडौं,१७ वैशाख। सरकारले निषेधाज्ञा जारी भएका जिल्लाहरूमा आजबाट थप कडाइ गर्न थालेको छ । पहिलो दिनमा केही खुकुलो गरिए पनि अब कडाइ गरिने गृहमन्त्रालयका अधिकारीको भनाइ छ ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले काठमाडौं उपत्यकामा पहिलो दिन निषेधाज्ञा केही खुकुलो बनाए पनि आजबाट कडाइका साथ पालना गराइने बताए ।ट्राफिक जामका कारण बाटोमै अड्किएका गाडी र तिनमा सवार यात्रुहरु समस्यामा परेकाले केही खुकुलो बनाइए पनि अब कडाइ गरिने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *