अर्थ

चितवनमा तरकारी तथा खाद्यान्न पसल बिहान मात्र खोल्न पाइने

चितवन, १७ वैशाख । चितवनमा आजदेखि लागु भएको निषेधाज्ञा अवधिभर खाद्यान्न तथा तरकारी पसल निश्चित समयका लागि मात्र संचालन गर्न पाइने भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले एक आदेश जारी गर्दै खाद्यान्न तरकारी लगायतका सेवा दिने पसलहरु विहान ६ बजेदेखि ९ बजेसम्म मात्र संचालन गर्न पाइने जानकारी दिनुभयो ।

प्रजिअ लामिछानेका अनुसार तरकारी,फलफुल,खाद्यान्न,माछा,मासु,अण्डा,पानी र निर्माण सामाग्री विक्री गर्ने पसल तथा व्यवसायहरु विहान ३ घण्टा मात्र संचालन गर्न पाइनेछ । उद्योग कलकारखाना संचालन गर्दा कर्मचारी तथा कामदार सबैले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने र उद्योग भित्र आवासको व्यवस्था गर्नुपर्नेछ । उद्योगभित्र आवासको व्यवस्थ गर्न नसके कर्मचारी तथा कामदारलाई उद्योगले नै ल्याउने लाने व्यवस्था गर्नुपर्ने जारी आदेशमा भनिएको छ । 

चितवनमा राती १२ बजेदेखि निषेधाज्ञा लागु भएको छ । अत्यावश्यक बाहेकका सेवाहरु बन्द रहने गरी प्रशासनले ३१ गतेसम्म निषेधाज्ञा लागु गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *