Featured Slider Top News स्वास्थ्य

पछिल्लो २४ घण्टामा ५,७२७ जनामा संक्रमण,३३ काे मृत्युु

काठमाडौं,१७ वैशाख। पछिल्लो २४ घण्टामा थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण भएकाे पुष्टि गरेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ । जसमध्ये ३८ हजार ८१३ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा काेराेना भाइरस संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । हालसम्म मृतकको संख्या तीन हजार २४६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *