स्वास्थ्य

२२ जिल्लामा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलियो


काठमाडौं,१७ वैशाख। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही जिल्लामा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको बताएको छ। यसरी संक्रमण फैलिरहेको हुँदा सर्वसाधारणहरूलाई जनस्वास्थ्यका मापदण्डहरूको कडाइका साथ पालना गर्न अनुरोध गरेको छ ।

शुक्रबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालमा अहिले कोरोना भाइरसको संक्रमण निकै उच्च गतिमा फैलिरहेको बताएको हो । मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुरमा संक्रमण फैलने दर डरलाग्दो गरी बढिरहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *