राजनीति

उपनिर्वाचनका लागि निर्वाचन आयोगले तोक्यो मतदान केन्द्र

काठमाडौं,१७ बैशाख । निर्वाचन आयोगले जेठ ६ गतेका लागि तय भएको राष्ट्रिय सभा उपनिर्वाचनका लागि मतदान केन्द्र तोकेको छ ।

वाग्मती प्रदेशमा हुने उपनिर्वाचनका लागि आयोगले मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नं. ४ स्थित भुटनदेवी मा.वि.लाई मतदान स्थल तोकेको हो ।

उक्त मतदान स्थलमा प्रदेश सभा सदस्य ११० जनाका लागि केन्द्र (क) र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जनाका लागि केन्द्र (ख) गरी छुट्टाछुट्टै मतदान केन्द्र तोकेको आयोगले जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *