सहकारी दर्पण

युनाइटेड फाइनान्स नविल बैंकमा गाभिने

काठमाडौँ, १७ बैशाख । नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन ९प्राप्ती० गर्नका लागि शुक्रबार नबिल बैंक र युनाइटेड फाइनान्सबीच सम्झौता भएको छ ।

बैंकका मर्जर कमिटीका संयोजक उदय कृष्ण उपाध्याय र फाइनान्सका मर्जर कमिटीका संयोजक मनिषकुमार खेमकाले प्राप्तीका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नबिलले युनाइटेडलाई रु ३५ स्वाप रेसियोमा प्राप्ती गर्न लागेको हो ।

प्राप्तीपछि युनाइटेड फाइनान्सको सम्पूर्ण कारोबार नबिलकै नाममा हुने र संचालक समिति पनि नबिल बैंककै रहने गरि सम्झौता भएको छ । उक्त सम्झौतापश्चात प्राप्तीका लागि नेपाल राष्ट्र बैंकमा स्विकृतिका लागि प्रकृया अगाडि बढाइने छ र समयमै स्विकृती पाएमा यथासिघ्र संयुक्त कारोबार नबिल बैंकले गर्नेछ ।

सोहीअनुसार नबिल बैंकको शाखा सञ्जाल बृद्धी भइ १४७ हुनेछ । नबिल बैंकको काठमाडौं उपत्यका भित्रमात्र शाखा सञ्जाल बृद्धी भइ ३७ हुनेछ । आत्म संख्या भने १९० हुनेछ । निक्षेपको आकार रु २१६ अर्ब हुनेछ भने कर्जाको आकार रु २०१ अर्बहुनेछ (चैत्र मसान्तको बित्तियविवरण अनुसार) । यसले गर्दा नबिल बैंकको कर्जा एवं निक्षेप दुबैको आकार २ खर्ब माथि हुनेछ ।

नबिल बैंकले मर्जर तथा प्राप्ती प्रकृयामा जान पहिलो पटक यस बर्षको साधारण सभाबाट पारीत गरेको थियो र सोही बर्ष नै प्राप्ती सम्झौताको घोषणा पनि गरेको छ । यो प्राप्तीसंगै नबिल बैंकले बजारमा आफ्नो नविन सेवा र थप शाखा सञ्जालमार्फत नयाँ रणनिती अनुसार बजारमा उपस्थित हुने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *