Featured Slider Top News विकास खबर स्पेशल

समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पुरा गर्न कृषि क्षेत्रको महत्वपूर्ण भूमिका


काठमाडौँ, १७ वैशाख । समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पुरा गर्न कृषि क्षेत्रको महत्वपूर्ण भूमिका रहेको छ ।
नेपाली अर्थतन्त्रको महत्वपूर्ण क्षेत्रका रुपमा रहेको कृषिमा ६५ प्रतिशतभन्दा बढि नागरिक आश्रित रहेको कृषिले मुलुकको कुल गार्हस्थ उत्पादनमा झण्डै २७ प्रतिशत योगदान पुर्याउछ ।

त्यसैले,कृषि क्षेत्रको विकास र राष्ट्रिय अर्थतन्त्रको विकासका लागि कृषिको आधुनिकिकरण र ब्यावसायिकरण आवश्यक छ । कृषिको प्रबर्धन र विकास विना सरकारले लिएको सुखि नेपाली समृद्ध नेपाल राष्ट्रिय लक्ष्य पुरा गर्न असम्भव प्राय जस्तै छ ।

सरकारको यहि लक्ष्य अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि क्षेत्रको विकास र समृद्धिको लागि नीति तर्जुमा एवं कार्यान्वयन गर्दै आएको छ । व्यावसायिक एवं प्रतिस्पर्धात्मक कृषि प्रणालीबाट उच्च एवं दीगो आर्थिक वृद्घि हाँसिल गरी खाद्य सुरक्षा तथा गरिबी निवारणमा योगदान पुर्याउनु यस मन्त्रालयको उद्देश्य हो ।

तरकारी राख्दै कृषक

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव योगेन्द्रमान कार्कीका अनुसार संघिय ब्यवस्था अनुसार तीनै तहका सरकारसँग समन्वय गरि कृषिक्षेत्रको उत्पादन बढाउदै निर्यातमार्फत ब्यापार घाटा कम गर्ने गरि मन्त्रालय र यस मातहतका निकायले काम गरिरहेका छन । जवसम्म ग्रामिण अर्थतन्त्र मजबुत र दरिलो हुन सक्दैन तबसम्म विकास सम्बन्धी सरकारको लक्ष्य पुरा हुन सक्दैन ।

तर त्यसको लागि सबैभन्दा बलियो आधार र जग कृषी नै हो । त्यसैले विकास र समृदिको आधार स्तम्भ मानिने कृषि प्रणालीलाइ थप ब्यवस्थित र बैज्ञानिक रुपमा अघि बढाउने प्रयासमा मन्त्रालय लागीरहेको छ ।

उहाँले पछिल्लो समय नेपाल खाद्यान्नमा आन्मनिर्भर उन्मुख अवस्थामा छ । समयमा मल नपाउने समस्याको दीर्घकालिन समाधानका लागि स्वदेशमै मल कारखाना स्थापनाको सम्भाब्यता अध्ययन भैरहेको छ । त्यसैगरि सातै प्रदेशमा कम्तिमा २५ हजार मेट्रिक टन मल भण्डार गर्ने क्षमता विस्तारको प्रकृया अघि बढनुले पनि कृषि क्षेत्र थप ब्यवस्थित हुदैछ भन्ने बुझ्न कठिन हुदैन ।

सचिव कार्कीले परम्परागत कृषि प्रणालीलाइ आधुनिक तथा बैज्ञानिक प्रणालीमा रुपान्तरण गर्ने र त्यसमा धेरै भन्दा धेरै किसानको सहभागिता गराउने उद्देश्यले चक्लाबन्दी कार्यक्रमको अवधारणा अघि सारिएको छ । बाँझो जमिन नछोडने रणनिति अन्तर्गत तीनै तहका सरकारबीचको समन्वयमा युवा लक्षित कार्यक्रम ल्याइ अनुदान लगायत कार्यक्रम अघि बढाइनुले नयाँ पुस्ता ब्यावसायिक रुपमा यसतर्फ आकर्षित हुन थालेको छ ।

आधुनिक कृषि प्रविधि(हाते ट्याक्टर) प्रयोग गर्दै कृषक

उहाँका अनुसार पशुपालन तथा तरकारी फलफूल खेती ब्यवस्थापनका लागि पनि मन्त्रालयले उत्तिकै प्रार्थमिकता साथ काम गरिरहेको छ । ब्यवस्थित बजारीकरण तथा गुणस्तर बृद्धिका लागि उत्पादन र बजारलाइ सिधै जोडने गरि काम भैरहेको छ । पछिल्लो समय कोभिड महामारीले सबैभन्दा बढि प्रभावित बनाएको क्षेत्र कृषि भएपनि यसलाई अवसरको रुपमा बदल्दै संभावनै संभावनाको क्षेत्रका रुपमा विकास गर्ने गरि मनत्रालयले काम गरिरहेको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *