Featured Post अन्य

आजको राशिफल – Aajako Rashifal

२०७८ वैशाख १८ गते, शनिवार, १ मे २०२१। वैशाख कृष्णपक्ष पञ्चमी तिथि। मूल नक्षत्र (१५ः४० बजेदेखि पूर्वाषाढा)। चन्द्रराशि– धनु।

ज्योतिष :गोपाल अधिकारी 977-9818770779 ( viber, imo,

१. मेष राशि : आफ्नो कमजोरीको फाइदा भने अरूले उठाउन सक्छन्। आफन्तहरूबाट भनेजस्तो सहयोग नपाइएला, तर काममा बाधा हुनेछैन । कार्यमा बिलम्ब हुनेछ ।

२. बृष राशि : शरीरमा आलस्य र थकानको अनुभव हुनेछ ।झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । यात्रा घातक बन्न सक्छ, लामो दूरीको यात्रा प्रारम्भ गर्नु हुँदैन ।

३. मिथुन राशि : लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ । विपरीतलिङ्गीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । रमणीय र सुखद यात्राको योग छ ।

४. कर्कट राशि : आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुनसक्छ । आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ।

५. सिंह राशि: अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुनेछ । तपाईंले गर्न लागेको काममा सबैले साथ दिनेछन । मन प्रफुल्ल र उत्साही बन्ने छ ।

६. कन्या राशि : अरूको विश्वास गर्दा काम रोकिन सक्छ। वादविवादले आँटेका काममा बाधा पुर्याउने हुँदा सजग रहनुपर्ला। नातागोता र आफन्तजनसँग भेटघाटको योग छ । सामाजिक काममा संलग्न हुनुपर्ला ।

७. तुला राशि : व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन। अर्थलाभका अवसर आउने छन। धार्मिक र सामाजिक काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ ।

८. वृश्चिक राशि : खर्चको मात्रामा बृद्धि हुने सम्भावना छ । अनावश्यक विवादबाट जोगिने समय हो । दिगो फाइदा हुने योजना बन्न सक्छ।

९. धनु राशि : मनमा नयाँ आशा जाग्न सक्छ । परिश्रम र आत्मबलले कार्य सफल हुने देखिन्छ । आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला।

१०. मकर राशि : सोचेबमोजिम काम नबन्न सक्छ । लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले दिक्क लाग्नेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ ।

११. कुम्भ राशि : नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ।

१२. मिन राशि : छोटो समयमै काम बनाउन सकिनेछ। व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउने छ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *