Featured Post Featured Slider अर्थ विकास खबर स्पेशल सहकारी दर्पण

एक्सेस टु फाइनान्स प्रोगाम ७४ जिल्लामा विस्तार

काठमाडौँ, १८ वैशाख । एक्सेस टु फाइनान्स प्रोगाम ७४ जिल्लामा विस्तार भएको छ ।
आम नागरिकमा वित्तिय पहुच विस्तारका साथै वित्तिय समावेशिकरणका लागि संचालित कार्यक्रम वेलायत सरकारको सहयोगमा सन २०१४ मा मध्यपश्चिम तथा सुदुरपश्चिमका जिल्लामा शुरु गरिएको यो कार्यक्रम हाल देशका ७४ जिल्लामा विस्तार भएको छ ।

नेपाल राष्ट्र वैंक अर्थ मन्त्रालय तथा नीजि क्षेत्रका बैक तथा वित्तिय संस्थासँगको समन्वयमा ४५ साझेदार संस्थामार्फत ८० भन्दा बढी कार्यक्रम सन्चालन भैसकेको यस कार्यक्रमका टिम लिडर निर्मल दाहाल बताउछन ।

कर्मचारीहरु

सरकारी र नीजि क्षेत्रका बैंक तथा वित्तिय संस्थासँग साझेदारी भएपनि यसबाट प्रतक्ष्य लाभ आम नागरिकले लिइरहेका छन । भौगोलिक विकटता तथा अन्य कारणले वित्तिय संस्था पुग्न नसकेको स्थानमा यस कार्यक्रमको सपोर्टमार्फत ५७ स्थानमा बैक तथा १ सय ८६ स्थानमा माइक्रो फाइनान्स लगायतका संस्था स्थापना भएका छन । जसबाट लाखौ सेवाग्राहिले लाभ लिइरहेका छन ।

दातृनिकायवाट सन्चालित अधिकांश योजना कार्यक्रम अवधिपछि बन्द हुने गरेका दृष्टान्त छन । यो विषय अन्तराष्ट्रिय विकास साझेदारविच ठुलो मुद्दा बनिरहदा यस कार्यक्रममा त्यस्तो समस्या नरहेको टीम लिडर दाहाल बताउछन । वित्तिय संस्थाको स्थापना र उनीहरुले दिने सेवा सुविधा अल्पकालिन नहुने भएकोले कालान्तरसम्म नागरिकले लाभ लिइरहन सक्ने उनको भनाई छ ।

शुरुमा पाँच लाख नागरिकमा वित्तिय पहुच विस्तार गर्ने योजना रहेपनि हाल यस कार्यक्रम मार्फत २४ लाख नागरिकसँग पहुच विस्तार भएको छ । नेपालमा वित्तिय पहुच क्रमिक रुपमा स्थापित हुदै गएपनि वित्तिय साक्षरताको क्षेत्रमा अपेक्षित सुधार हुन सकेको छैन । यसका लागि तिनै तहका सरकारको भूमिका महत्वपुर्ण रहेको छ । साथै तल्लो तहदेखी नै पाठ्यक्रममा समेत समावेश गराउन सकिएको अवस्थामा आर्थिक स्थितिमा समेत सुधार हुनसक्ने देखिन्छ ।

सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य पुरा गर्न पनि आम नागरिकमा वित्तिय ज्ञान र पहुच आवश्यक छ । नागरिकको आर्थिक अवस्था सुधार नहुदासम्म सरकारको सो लक्ष्य पुरा हुन सक्दैन । त्यसैले वित्तिय साक्षरता देखि पहुच र समावेशीकरण तर्फ ध्यान दिन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *