Top News राजनीति

फुट्यो विप्लव नेतृत्वको नेकपा

काठमाडौं, १८ बैशाख। नेत्रविक्रम चन्दुविप्लवुले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)फुटेको छ । नेकपाका पूर्व वरिष्ठ पोलिटब्युरो कृष्णप्रसाद धमलाले आफ्नो संयोजकत्वमा पार्टी विभाजन गर्नुभएको हो।

विप्लवले क्रान्तिको नाममा नेपाली जनतालाई पटक पटक धोका भएको भन्दै अब नयाँ ढंगले अगाडि बढ्नु पर्ने बताउनुभएको थियो । शनिबार एक विज्ञप्ति जारी गरेर नयाँ पार्टीको घोषणा गरिएको छ ।

नयाँ पार्टीको नाम जन समाजवादी मञ्च, नेपाल राखिएको छ । ुआन्दोलनले नेतृत्वलाई उचाइमा पु¥याउने तर अन्ततः नेतृत्वले नै जनता र क्रान्तिलाई धोका दिएको इतिहासका साक्षी स्वयं हामी नै छौं । तीनै नेतृत्वले आफुलाई देवत्वकरण गरी क्रान्तिलाई विसर्जन गर्ने प्रवृत्ति हावी रहेको हुनाले लक्ष्य र गन्तव्यसम्म पुग्न नसक्नु विडम्बना नै बनिसकेको सन्दर्भमा सामन्तवादी, साम्राज्यवादी, जडसुत्रवादी चिन्तन र प्रवृत्तिका बिरुद्ध भीषण संघर्षको आँधिवेहरी सृजना गर्न अत्यन्त आवश्यक र जरुरी भैसकेको छ । तसर्थ, संगठनात्मक हिसाबले जनतालाई जनसम्प्रभूता सम्पन्न गरेर मात्र अब बाँकी अधुरो क्रान्ति सम्पन्न गर्न सकिने छु जारी विज्ञप्तिमा भनिएको छ ।

मञ्चको आगामि कार्यदिशा वैज्ञानिक समाजवादी रहेको उल्लेख गरिएको छ । नयाँ पार्टीमा १० पूर्व केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज तथा सेक्रेटरी, मजदूर, विद्यार्थीलगायतबाट विद्रोह गरेकाहरु रहेको बताइएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *