Top News अर्थ सहकारी दर्पण

सानिमा जनरल इन्स्योरेन्सको नाफासँगै अधिकांश सूचकमा चमक

काठमाडौं, १९ वैशाख। सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले चालुआर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ  । उक्त विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा चमक देखिएको छ  ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ  । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा २ करोड ८४ लाख रुपैयाँले धेरै हो  । गत वर्ष कम्पनीको यस्तो नाफा २ करोड ९६ लाखमा सिमित थियो  ।

सो अवधिसम्म कम्पनीको खुद बीमाशुल्क ५ करोड २९ लाख रुपैयाँले बढेर १३ करोड ८४ लाख पुगेको छ  । गत वर्ष कम्पनीले बीमाशुल्क वापत ८ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको थियो  ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब रहेको छ भने जगेडा कोषमा ७ करोड ५९ लाख रहेको छ  । त्यस्तै कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८० पैसा र प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ ०६ पैसा रहेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *