Featured Slider Top News विकास खबर स्पेशल

किसानको सारथी बन्दै लाइभस्टक सेक्टर इनोभेसन आयोजना

काठमाडौँ, १९ वैशाख । लाइभस्टक सेक्टर इनोभेसन आयोजना किसानको सारथी बन्दै गएको छ ।
उक्त आयोजनाले पशुजन्य पदार्थको उत्पादकत्व तथा मूल्य श्रृङ्खलामा वृद्धि र छनौट गरिएका पशुजन्य वस्तुमा आधारित साना किसान तथा उद्यमीको जीवनस्तर सुधार गर्ने उद्देश्यले सन्चालित लाइभस्टक सेक्टर इनोभेसन आयोजना देशका २८ जिल्लाका २ सय ८९ स्थानीय तहमा सन्चालित छ ।

पशुको क्षेत्रमा नीतिगत सुधार गर्दै नविनतम प्रविधिको प्रयोग मार्फत विकास र समृद्धिको राष्ट्रिय लक्ष्यमा टेवा पुर्याउनु यस आयोजना को ध्येय हो । एशियाली विकास बैंकको आर्थिक सहयोगमा सन्चालित यो कार्यक्रम अन्तर्गत प्रादेशिक तहमा विकेन्द्रिक्रित आयोजन सहयोग इकाइ सक्रिय छन ।

निर्देशक

लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका निर्देशक डा उमेश दाहालका अनुसार सरकारले कृषि क्षेत्रमा ठुलो लगानी गरेपनि लक्षित वर्गमा अनुदानका कार्यक्रम पुग्न नसकेको र स्रोतको चरम दुरुपयोग भएको गुनासा आइरहदा यो कार्यक्रम वास्तविक किसानसम्म पुगी उनीहरुको हित र चासोका विषयमा केन्द्रित हुदै आएको छ ।

आयोजना को अवधारणादेखि प्रस्ताव लेखसम्म तथा कार्यक्रमको मोडालिटीमा किसानलाइ नै प्रतक्ष्य सहभागी गराइने भएकोले यो कार्यक्रम लक्षित वर्गमाझ प्रभावकारी बन्दै गएको छ ।

उहाँले सहकारी तथा कृषक समुहको २० प्रतिशत, बैंक तथा वित्तिय संस्थाको ३० प्रतिशत लगानी र बाँकी आयोजनाको अनुदान रहने गरि विभिन्न उपआयोजना सन्चालित छन । क्रमिक रुपमा नीजि क्षेत्रलाइ समेत समेटने प्रयासले मुलुक पशुजन्य उत्पादनमा आत्मनिर्भरता उन्मुख हुन सहयोग पुग्नेछ ।

यश आयोजनाद्वारा सञ्चालित बाख्रा पालन

आयोजना निर्देशक दाहालले मध्यावधी समयमा रहेको यस आयोजनाको अन्तसम्म २ लाख परिवारमा योजनाको पहुच पुर्याउने तथा ५ सय उपआयोजनालाइ अनुदान दिइने लक्ष्य राखिएको छ । कोभिडका कारण एक बर्षको अवधीमा उल्लेख्य उपलब्धी हासिल हुन नसकेपनि अव आयोजनाले तिव्र गति लिने विश्वास गरिएको छ ।

उहाँले वातावरणमैत्री पशुपालन योजनामा ४० प्रतिशत उत्पादन बृद्धिका साथै ४५ प्रतिशत महिला सहभागिता पुर्याउने आयोजनाको लक्ष्य छ । हालसम्म नीतिगत समस्या समाधानमा केन्द्रित भएको आयोजना अब परिणाममा उपलब्धी हुने चरणमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *