Top News राजनीति

लुम्बिनीका मुख्यमन्त्रीमा पुन: पोखरेल नियुक्त

रुपन्देही,१९ बैशाख। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा फेरि शंकर पोखरेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले आइतबार उहाँलाई पुनः मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । साहले पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको छ।

​प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले विज्ञप्ति जारी गर्दै नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा ६८ को उपधारा १ बमोजिम सरकार गठन गर्न प्रदेशसभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दावी पेश गरेकाले उहालाई मुख्य मन्त्रीमा नियुक्त गरेका जनाउनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *