Featured Slider Top News स्वास्थ्य

पछिल्लो २४ घण्टामा ७२११ संक्रमित, २७ को मृत्यु

काठमाडौं १९वैशाख । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसका ७,२११ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयकाे अनुसार हजार १६१४७ पीसीआर र ६२३ एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा ३,५९५ जना संक्रमित थपिएका छन् ।

याे सँगैसक्रिय संक्रमित संख्या ४८ हजार ७११ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *