खेलकुद

म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि नजिक

म्यानचेस्टर सिटीले आज राति इंग्लिस प्रिमियर लिगको उपाधि जित्न सक्ने भएको छ। गए राति क्रिस्टल प्यालेसलाई २-० गोलले पराजित गरेसँगै सिटी उपाधि नजिक पुगेको हो। 

अंक तालिकाको शीर्ष स्थानमा रहेको सिटीको ३४ खेलबाट ८० अंक भएको छ। दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ३३ खेलबाट ६७ अंक छ। 

दोस्रो स्थानको युनाइटेडले आज राति लिभरपुलसँग प्रतिस्पर्धा गर्दैछ। लिभरपुलसँग युनाइटेड पराजित भएको अवस्थामा सिटीले उपाधि जित्ने छ। 

आज राति युनाइटेड पराजित भएको अवस्थामा सिटीले युनाइटेडसँग अन्तिम चार खेलअघि १३ अंकको अग्रता लिनेछ।जसका कारण सिटीले बाँकी चारै खेलमा हार बोहोरेको अवस्थामा पनि उपाधि पक्का हुनेछ।

आज राति म्यानचेस्टरले जित हात पारेको अवस्थामा सिटीले उपाधि जित्न आगामी शनिबारसम्म कुर्नु पर्नेछ।

आगामी शनिबार सिटीले चेल्सीसँग प्रतिस्पर्धा गर्दैछ। सो खेलमा जित हात पारे सिटीले तीन खेलअघि लिगको उपाधि जित्नेछ। 

सिटीले पछिल्लो चार सिजनमा तेस्रो पटक उपाधि जित्न लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *