राजनीति

विश्वासकाे मत लिने तयारीमा ओली

काठमाडौं,१९ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा जारी मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले बैशाख २७ गते बिश्वासको मत लिने जानकारी गराउनु भएको हो ।

यस बारेमा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी समेत गराउनु भएको छ । मन्त्रिपरिषदको बैठक जारी रहेकै बेला  राष्ट्रपति भण्डारीलाई  भेट्न उहाँ शीतल निवास जानु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *