अन्य

आजको राशिफल

२०७८ वैशाख २० गते, साेमवार, ३ मे २०२१। वैशाख कृष्णपक्ष, सप्तमी तिथि (१९ः०८ बजेदेखि अष्टमी), उत्तराषाढा नक्षत्र (१३ः४५ बजेदेखि श्रवण), चन्द्रराशि– मकर।ज्योतिष :गोपाल अधिकारी 977-9818770779 ( viber, imo)

१. मेष राशि : मानसम्मानमा वृद्धि हुनेछ । । नेतृत्वदायी भूमिका निर्वाह गर्नु हुने छ । परिवारमा प्रसन्नता छाउने छ ।

२. बृष राशि : पारिवारिक कारणले मनमा चिन्ता तथा असन्तुष्टि रहला। सोचे अनुरूप सफलता नमिल्दा मन खिन्न रहने छ । मन्द गतिमा कार्य अघि बढ्ने छ ।

३. मिथुन राशि : गुप्त रूपमा गरिने कार्यमा सफलता मिल्ने छ । कुनै पनि कार्य गर्दा आफु अघि नबढ्नु राम्रो हुन्छ । स्वस्थमा समस्य आउन सक्ने देखिन्छ ।

४. कर्कट राशि : साझेदारीमा गरिने काममा सफलता मिल्ने छ । व्यापार व्यवसायमा सन्तुष्टि जनक नतिजा प्राप्त हुनसक्ला। दाम्पत्य जीवन सुखद रहन्छ ।

५. सिंह राशि: सेवा क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्नु हुने छ । प्रतियोगिता मुलक कार्यमा सफलता प्राप्त हुनेछ।

६. कन्या राशि : मन अशान्त तथा निराश रहन सक्छ। अनावश्यक यात्रा तथा खर्च हुनसक्छ। आफ्नो स्वस्थ्यको विशेष ध्यान दिनुहोला।

७. तुला राशि : मन अशान्त तथा निराश रहन सक्छ। पारिवारिक कारणले मनमा चिन्ता तथा असन्तुष्टि रहला। यात्राको सम्भावना पनि रहने छ ।

८. वृश्चिक राशि : सामाजिक काममा मन जाने छ । भाग्यले साथ दिने छ। एईद्या क्षेत्रमा सफलता मिल्ने छ । कुनै पनि काम सुरु गर्नको लागि उत्तम समय छ ।

९. धनु राशि : बोलीको सकरात्मक प्रभाव रहने छ । आफन्त तथा परिवारजनबाट साथ र सहयोग प्राप्त हुने छ । नयाँ नयाँ कुरा सिक्ने अवसर मिल्ने छ ।

१०. मकर राशि : काम गर्न सक्ने जोस जागर आउने छ । छोटो दूरीको यात्रा हुन सक्छ । विचार आदानप्रदान गर्दै दिन बित्ने छ ।

११. कुम्भ राशि : निर्णय गर्दा दोधारको अवस्था आउने छ । कल्पनाशिल भएर गरिने कार्य तर्फ मन जाने छ । खर्चमा बृद्धि हुने छ । स्वस्थको ख्याल गर्नु होला ।

१२. मिन राशि : व्यापार व्यवसायमा लाभ प्राप्त हुने छ । धनलाभ हुने छ । प्रेम प्रस्ताव आउन सक्ने छ । मित्रहरूबाट सहयोग मिल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *