विकास खबर स्पेशल

न्यू विकल्प क्रक्रिट उद्योगबाट उत्पादित सामानको माग बढ्दो

काठमाडौँ, २० वैशाख । न्यू विकल्प क्रक्रिट उद्योगबाट उत्पादित वस्तुको माग नेपाली बजारमा बढ्न थालेको छ ।

जुनसुकै कुराको विकल्प हुन्छ भने झै घर निर्माणको क्रममा झ्याल ढोकाको चौकोसका रुपमा प्रयोग गरिने काठको विकल्पमा सिमेन्टका चौकोस नेपालमै निर्माण भैरहेका छन । पहिलो पटक थाहा पाउनेहरुका लागि अचम्म लागेपनि भूकम्प जानु भन्दा पहिल्यै यो प्रविधि नेपालमा भित्रिएको हो ।

काठको चौकोस एकातिर महंगो हुने अर्कोतर्फ बनजंगल विनासको कारक पनि बन्ने भएकोले यो प्रविधि नेपालमा भित्राइएको हो । चिन र भारतमा प्रयोगमा ल्याइएको यो प्रविधि नेपाल भित्राउदाको अवस्था रोचक रहेको बताउछन न्यू विकल्प कंक्रिट उद्योगका संस्थापक कृष्णप्रसाद वस्ती ।

सञ्चालक

नयाँ प्रविधि भित्राएर स्थापित गर्नु चुनौतीपूर्ण कुरा हो । तर नेपालमा भित्रिएको केहि बर्षमै यसले राम्रो बजार लिन थालेको छ । उपत्यका विभिन्न स्थानबाट उत्पादन शुरु गरेपनि पछिल्लो समय काठमाण्डौमा समेत यसको माग बढन थालेको छ । बनजंगलको संरक्षणका साथै आयात प्रतिस्थापन गर्ने उद्देश्यले स्थापित यस उद्योगवाट रोजगारीका अवसर समेत सिर्जना गर्दै गएको छ ।

दक्ष प्राविधिकवाट गुणस्तर परिक्षणपछि १४ देखि २८ दिनको अवधिमा प्रयोगका लागि तयार गर्न सकिने सिमेन्टका चौकोशहरु काठको भन्दा बलियो हुने र मुल्यमा झण्डै पचास प्रतिशत कमि हुने सन्चालक वस्तिको भनाई छ ।

झ्याल ढोकाको चाैकाेस

काठमाण्डौमा समेत राम्रो बजार लिन थालेको यस विकल्पले प्रयोगकर्ताको मन जित्दै गएको छ । किफायतीका साथै वातावरणमैत्री तथा स्वदेशी उत्पादन भएकोले यसको संरक्षण तथा प्रबर्धनका लागि राज्यवाट अपेक्षित सहयोग नभएको ब्यवस्थापक कृष्णप्रसाद अधिकारी बताउछन ।

राजस्व तथा रोजगार बृद्धि सहित आफ्नै देशको श्रम सिप र स्रोतबाट उत्पादन हुने यसप्रकारको बहुउपयोगी प्रविधीलाइ बढावा दिनका लागि सरकारको भूमिका पनि महत्वपूर्ण हुन्छ । यस्ता उद्योग तथा उत्पादनका लागि अनुकुल बातावरण निर्माण गर्न सके मुलुकको विकास निर्माणमा निजि क्षेत्रको आकर्षण अवस्य बढदै जानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *