राजनीति

काठमाडौं बाहिर रहेका सांसदलाई तत्काल उपत्यका आउन ठाकुरको निर्देशन

काठमाडौं,२० बैशाख। जनता समाजवादी पार्टी (जसपा) ले राजधानी बाहिर रहेका सांसदहरुलाई तत्काल काठमाडौं उपत्यकामा आउन निर्देशन दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरेसँगै जसपा अध्यक्ष महन्थ ठाकुरको निर्देशनमा राजनीतिक परिस्थिति फेरिएकाले कुनै पनि बेला आवश्यक पर्ने भन्दै सांसदहरुलाई काठमाडौं उपत्यकामा आएर बस्न भनिएको हो ।

जसपा केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले सांसदहरुलाई काठमाडौं बोलाएको स्पष्ट पार्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *