अर्थ

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं,२० बैशाख। सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आइतबार ५४ अंकले बढेको नेप्से परिसूचक सोमबार १२ दशमलव ३६ अंकले घटेर २ हजार ६ सय ५२ अंकमा झरेको छ ।

कारोबार रकममा भने सुधार देखिएको छ । एक करोड ५९ लाख ८ हजार ४ सय ९९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ५२ करोड ९२ लाख ९० हजार १ सय ४६ रुपैयाँको सेयर कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *