मनोरञ्जन

नयन डिसीको मोडलीङमा रहेको ‘फुर्के धागो’ चर्चामा, १० लाखले हेरे उक्त गीत (भिडियोसहित)


काठमाडौँ, २१ वैशाख। पछिल्लो समय ‘तिमिलाई देख्दा मात्र’ बोलको गीतबाट चर्चामा रहेका मोडल नयन डिसीलाई पुनः एकपटक ‘फुर्के धागो’ ले चर्चाको शिखरमा पुर्‍याएको छ ।

मोडल डिसीले अभिनय गरेको ‘फुर्के धागो’ यतिबेला टिकटकमा भाइरल बनेको छ । अहिले यो गीतमा हजारौं टिकटक प्रयोगकर्ताहले अभिनय गरेर अपलोड गरिरहेका छन् ।करिब ३ बर्ष अगााडीको तीज गीतमा अहिले पुन टिकटकमा भाइरल हुँदा यस गीतको निर्माण पक्ष निकै खुसी देखिन्छ । उक्त गीत युटुवमा १० लाख ३७ हजार ७ जनाले हेरेसँगै मोडल डिसीको चर्चा थप चुलिएको हो ।

तीजको बेलामा केहि समय मात्र लोकप्रियता कमाएको यो गीतका केहि टुक्का अहिले सबैको मुखमा झुण्डिएको छ । पछिल्लो समयमा पुराना–पुराना गीतहरु टिकटक मार्फत भाइरल बन्ने क्रम बढ्दो छ । गीतको ‘फुर्के धागो लगाएर कपाल बाटौला, तिमि गाउनु गजल प्यारा छमछम नाचौंला’, फुर्के धागो किनिदिन्छु कपाल बाटौली, मै गाउँला गजल प्यारी तिमि नाचौली‘ बोलको टुक्का टिकटकमा एकदमै चर्चाको शिखरमा रहेको छ ।

प्रभा वर्तौलाको शब्द रहेको गीतमा थानेश्वर गौतम र जुनु रिजाल काफ्लेको स्वर रहेको छ भने गौतम स्वयंमले संगीत भरेका छन्। गीतमा मोडलडिसी सँग बिनिताको दमदार अभिनय रहेको छ ।

मोडल डिसीका ‘कुन गीत गाउँ’, ‘भाईरल भयो रे’, ‘तिम्रो रुपैले’, ‘चुईकम चपाउँदै’, ‘गजल गाइन्छ’ लगाएतका दर्जनौ गीतमा लोभलाग्दो अभिनय गरिसकेका छन् । उनी पछिल्लो समय यहि ‘फुर्के धागो’ बोलको गीतबाट समेत पुन चर्चामा आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *