Featured Post Featured Slider जीवन यात्रा

नेपाल निर्माण व्यवासायी महासंघका अध्यक्ष रवि सिंहको जीवनयात्रा

काठमाडौँ,२१ वैशाख । काठमाडौँको पुतलीसडकमा जन्मे हुर्केका रवि सिंहको मानसपटलमा बाल्यकालको सम्झना अभैm ताजै छ । बुबा वीरबहादुर सिंह र आमा विष्णुकुमारी राजभण्डारीको कोखबाट जन्मिएका रवि निमाण व्यवसायी हुन । तसर्थ उनी विकासलाई योजनाका दृष्टिकोणले नियाल्ने क्षमता राख्छन् । पुतलीसडकबारे उनले गरेको हिजो र आजको ब्याख्या केवल बाल्यकालको सम्झना मात्र नभएर योजनाबद्ध विकासमा राज्य र उसका निकायको उदासिनताप्रतिको असन्तुष्टि पनि हो । भौतिक विकास मात्र विकास नभएकोमा उनी स्पष्ट छन । त्रिचन्द्र कलेजबाट स्नातकोत्तरसम्म अध्ययन गरका रवीलाई सामाजिक सद्भाव र अन्तक्रिया विकासको अभिन्न अंग लाग्छ । काठमाडौँ जस्ता शहरी क्षेत्रमा उनलाई यहि विषय खट्किन्छ ।

सहयोग सद्भाव र संगतले व्यक्तिले चाल्ने पाइलामा ठूलो प्रभाव पार्छ । यस्तो अनुभव उनले आप्mनै जीवनको घटनाक्रमबाट बटुलेका हुन् । संगत गुनाको फल भन्ने नेपाली उखान उनको जीवनमा चरितार्थ भएको छ । निर्माण व्यवसायमा उनका पाइला असल संगतकै कारण अघि बढे । वागमती सिँचाइ आयोजनामा काम गर्ने उनका मामाका छोरासँगको संगत र सहकार्यले व्यवसायमा उनले खोजेको गन्तब्यतर्पm लाग्ने माध्यम बन्यो । आप्mना वुवाको व्यवसाय र सानैदेखि व्यवासायमा सक्रिय रहेको उनको अनुभव यसका लागि दरिलो आधार बन्यो ।

२०४८ सालदेखि निर्माण व्यवसायमा लागेका रविले धेरै पुल बनाए, धेरै सडक बनाए । उनको सुरुवात भौतिक विकास निर्माणबाटै गरे । उनको गन्तव्य पनि यहि हो । त्यसैले निर्माण व्यवसायको क्षेत्र उनका लागि पेशा मात्र बनेन घरपरिवार बन्न पुग्यो । अनि उनी यो क्षेत्रको अभिन्न अंग बने । यात्रा अगाडि बढ्दै जाँदा यो क्षेत्रले उनको नेतृत्वको आवश्यकता महसुश गर्यो । उनले २०७६ सालदेखि यो जिम्मेवारी पनि सम्हाले ।

जीवन गतिशिल हुन्छ । निरन्तरको प्रयत्नले सफलतासम्म पुर्याउँछ । उनी यस्ता भाग्यमानी व्यवसायी हुन जसका हरेक प्रयत्न खेर गएनन । पारिवारीक पृष्ठभूमिले पनि उनलाई ठूलो सहयोग गर्यो । तर उनी व्यक्तिगत सफलतामा मात्र रमाउन सक्दैनन । आँफुले सफलता प्राप्त गरेको क्षेत्रलाई नै मार्यादित बनाउनु छ उनलाई । निर्माण व्यवसायी विकास र समृद्धिका संवाहक हुन । उनलाई आफुले रोजेको क्षेत्रप्रति सदैव गौरव छ । यो गौरव उनी आम नेपालीसँग साट्न चाहन्छन् । निर्माण व्यवसायीप्रतिको नकारात्मक धारणा जरैदेखि उखेल्न चाहन्छन् ।

व्यस्तताका बाबजुद उनी परिवारलाई समय दिन्छन । फुर्सदको समयलाई परिवारको खुसीका लागि सदुपयोग गर्ने कला कसैले उनीबाट सिकुन । तर निर्माण व्यवसाय र व्यवसायीहरुको संगठनको दैनिक कामकाजमा पनि उनी उत्तिकै मन लगाउँछन् । आयुर्वेदिक पसल सञ्चालनमा व्यस्त उनकी श्रीमतिको कुरा सुनेपछि यो कुरामा सायदै कसैको दुइमत होला ।

पोखराकी सुनितासँग २०५१ सालमा विवाह बन्धनमा बाँधिएका रवि ५ जनाको परिवारमा खुसी साथ जीवन व्यतित गरिरहेका छन् । व्यवसाय र परिवारलाई सन्तुलनमा राख्न सकेकैले हुन सक्छ उनी जीवनप्रति सँधै सकारात्मक छन् । जीवनको भरपुर सदुपयोग उनको ध्येय हो । त्यसैले त उनी नेपाल नेपालीले नै बनाउनुपर्छ भन्छन् । उनको आत्मविश्वास ३ करोड नेपालीको सपना पनि हो । भारत बेलायत चीन अष्टेलिया अमेरिका जपान, उनले भ्रमण गरेका देशहरुको लिष्ट लामो बन्न सक्छ । तर उनी सम्भावना नेपालमै देख्छन् ।

अनुभव जीवनको ठूलो सम्पत्ति हो । तर यो व्यक्तिमा मात्र सिमित रहन सक्दैन । यो अन्तत परिवार, समाज, देश र सिंगो मानव सभ्यताकै सम्पत्ति बन्न सक्छ । जीवनको यात्रा र निर्माण व्यवसायबाट संगालेका रविका अनुभवले आम नेपालीको विकास र समृद्धिको चाहनामा सघाउन सकुन । शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *