Top News राजनीति

सरकार समर्थन नरहेको औपचारिक पत्र बुझाउदै माओवादी केन्द्र

काठमाडौं,२२ वैशाख । माओवादी केन्द्रले सरकारलाई आफ्नो समर्थन नरहेको पत्र औपचारिक रुपमा संसद सचिवालयलाई आज बुझाउने भएको छ । पार्टी बैठकले गरेको निर्णय अनुसार केपी ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी पत्र संसद सचिवालयमा बुझाउन लागेको माओवादीले जनाएको छ ।

मंगलबार बसेको स्थायी समिति बैठकले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सरकारलाई पार्टीको समर्थन नरहेको पत्र बुधबार बुझाउन लागिएको माओवादी केन्द्रका एक स्थायी समिति सदस्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारलाई समर्थन नरहेको जानकारी गराउँदैछौ । किनभने केपी ओलीको असंवैधानिक ढंगको संसद विघटनको विरुद्धमा हामी थियौँ र केपी ओलीलाई तात्कालिन नेकपाको अध्यक्ष र नेकपाको पार्टी सदस्यबाट निष्कासन गरिएको थियो’,उहाँले भन्नुभयो,, ‘त्यतिबेलै दुई तिहाइ भन्दा बढी केन्द्रीय समिति सदस्यले ओलीको पार्टी मान्य नभएको र आधिकारिक पार्टी प्रचण्ड माधवले नेतृत्व गरेको पार्टी हो भनेर निर्वाचन आयोगमा भनिसकेका छौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *