Top News स्वास्थ्य

मुख्यमन्त्री गुरुङमा कोरोना संक्रमण

काठमाडौँ, २२ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमा कोरोना संक्रमण पुष्टि भएको छ । मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेका अनुसार उहाँमा कोरोना देखिएको हो । मुख्यमन्त्री गुरुङले मंगलबार गराएको एन्टिजेन परीक्षण पनि पोजेटिभ देखिएको थियो । मुख्यमन्त्री गुरुङ अहिले आफ्नै सरकारी निवासमा आइसोलेटेड भएर बस्नुभएको छ ।

मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेमा पनि संक्रमण देखिएको छ । उनी ३ दिनदेखि होम आइसोलेसनमा बसेका छन् । न्यौपानेमा संक्रमण देखिएपछि मुख्यमन्त्री गुरुङ कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *