Top News विकास खबर स्पेशल

एम्बुलेन्स बनाइयो मेयर–उपमेयर चढ्ने गाडी

रूपन्देही,२३ वैशाख। रूपन्देहीको तिलोत्तमा नगरपालिकाले मेयर तथा उपमेयर चढ्ने गरेको गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने भएको छ । मेयरकाे लु१झ ३ सय ६० नम्बरको र उपमेयरकाे ३ सय २६ नम्बरको स्कर्पियो गाडी एम्बुलेन्सका रूपमा प्रयोग गर्ने भएको हाे ।

नगरपालिकाभित्रै कोरोनाका गम्भीर बिरामीको संख्या थपिँदै गएकाले उनीहरूलाई अस्पताल लैजान एम्बुलेन्स अभाव हुन थालेपछि यस्तो निर्णय गरिएको नगरप्रमुख वासुदेव घिमिरेले बताए ।

उक्त गाडीमा सिट र अक्सिजन सिलिन्डर व्यवस्थापन भइरहेको र आजदेखि नै एम्बुलेन्सका रूपमा प्रयोगमा ल्याइने उनले बताए । दैनिक दुई सय जनासम्म संक्रमित थपिँदै गइरहेको तिलोत्तमामा जिल्लामै बुटवल उपमहानगरपछि धेरै संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *