पालिका खबर

आगलागी हुदाँ एक घरमा पूर्ण क्षति

कैलाली,२४ बैशाख। गोदावरी नगरपालिका–१२ ओलानीस्थित एक स्थानीयवासीका घरमा आज आगलागी हुँदा घरमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् ।

स्थानीयवासी दानबहादुर साउदको दुईतले पक्की घरमा आगलागी हुँदा एक थान फ्रिज, एक थान टिभी, एक थान मोबाइल र वर्षभरिका लागि सञ्चय गरेर राखिएका खाद्यान्न, लत्ताकपडा तथा अन्य फर्निचर सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरतबहादुर चौधरीले जानकारी दिनुभयो ।

विद्युत्को तार सर्ट भई एक्कासि आगलागी भएको प्रहरी नायब उपरीक्षक चौधरीले बताउनुभयो । आगलागी प्रहरी र स्थानीयवासीका सहयोगमा नियन्त्रणमा आएको र मानवीय क्षति भने हुन नपाएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *