Featured Slider Top News स्वास्थ्य

पछिल्लो २४ घण्टामा ९१९६ जनामा संक्रमण, ५० काे मृत्यु

काठमाडौं,२४ बैशाख। पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ ।

१९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ९०२३ तथा १७३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगे नेपालमा संक्रमितको कूल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप २ हजार ९०५ जना निको भएका छन् । नेपालमा हालसम्म २ लाख ९५ हजार ३९५ जना निको भएका छन्  ।त्यस्तै, ५० जनाको मृत्यु भएको छ ।

हालसम्म ३५ सय ७९ जनाको कोभिड-१९ को संक्रमणबाट मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *