स्वास्थ्य

महामारी बिरुद्ध लडिरहेको नेपाललाई पुर्ण सहयोग र साथ रहन्छः चीन

बेइजिङ । नेपालमा फैलिएको कोरोना महामहारी नियन्त्रण र रोकथामका लागि चीनले सक्दो सहयोग गर्ने बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता वाङ वनपिनले कोभिड१९ महामारीविरूद्धको लडाईमा चीनले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।नेपालमा महामारीको अवस्था भयावह बन्दै गएकोमा चिन्ता व्यक्त महामारी विरूद्धका लागि आवश्यक सामग्रीको जति सक्यो छिटो पठाउने तयारी भै रहेको पनि बताउनु भयो ।

प्रवक्ता वनपिनले नेपाल चीन मैत्रीपूर्ण छिमेकी तथा रणनीतिक साझेदार भएको र चिनियाँ पक्षले नेपालमा महामारीको गम्भीर अवस्थाको चुनौती महसुस गरेको बताउनु भयो ।प्रवक्ता वनपिनले भन्नुभयो हामी विश्वास गर्दछौँ कि नेपाल सरकारको नेतृत्व र सबै दलको संयुक्त प्रयासबाट नेपाली जनताले चाँडै नै महामारीलाई जित्न सक्ने छन् र सामान्य जीवनयापन तर्फ छिटै फर्कने छन् ।

प्रवक्ता वनपिनले महामारीलाई परास्त गर्ने सम्बन्धमा चिनियाँ विदेश मन्त्रीले आयोजना गरेको भिडियो सम्मेलनमा नेपाली परराष्ट्र मन्त्रीसँग नेपाललाई महामारीविरूद्ध नयाँ खेपको सामग्री उपलब्ध गराउने विषयमा छलफल भएको पनि उल्लेख गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *