दोलखा,२५ बैशाख। सुप्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई पसिना आएको छ । भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ हुने धार्मिक मान्यता रहँदै आएको छ ।
दोलखा भिमसेनलाई आज दिउँसो सवा १२ बजेदेखि पसिना आएको स्थानिय समाज सेवी भरत प्रधानले माउण्टेन खवरलाई बताउनु भयो।भीमेश्वरको शिलामा पसिना आएपछि मन्दिर व्यवस्थापन तथा गुठियारले स्थानीयरुपमा क्षमा पूजा अर्चना गर्ने प्रचलन छ।
तत्कालिन राजा विरेन्द्रको बंशनाश हुनुभन्दा करिब डेढ महिना अघि र १९९० सालको भूकम्प आउनुभन्दाअघि भीमेश्वरलाई पसिना आएको प्रधानले जानकारी दिनु भयो ।