काठमाडौं ,२५ बैशाख
पछिल्लो २४ घण्टामा देशभर ८ हजार २ सय ८७ जना कोराना भाइरसका संक्रमित थपिएका छन् । शनिबार देशभर १७ हजार १ सय ३५ जनाको पिसिआर परिक्षणमा ८ हजार २ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५३ जना संक्रमितको मृत्यु भएको हो ।