शिक्षा

एसईई र कक्षा १२ को परीक्षा स्थगित हुँदै

काठमाडौं, २७ बैशाख। गत २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा स्थगित गरिने भएको छ ।

परीक्षाका बारेमा निर्णय गर्न परीक्षा बोर्डको बैठक अहिले विहान ८ बजेबाट सुरु भएको छ । बैठक जारी छ । बैठक भर्चुअल विधिमा भइरहेको छ ।

बैठकमा सहभागी बोर्डका एक सदस्यले आफ्नो नाम उल्लेख नगरिदिन आग्रह गर्दै भने, “परीक्षा स्थगित गर्ने लाइनमा नै बैठकमा छलफल चलिरहेको छ । बोर्ड सदस्य सबैको मत एउटै देखिएको छ । त्यसैले परीक्षा स्थगित नै हुनेमा द्विविधा छैन ।” 

उनले पुरानै विधिमा परीक्षा सञ्चालन गर्ने वा कुन विधिमा गर्ने भन्ने पछि नै तय भए पनि हाललाई केही समयका लागि परीक्षा स्थगित गर्ने निर्णय नै हुने जानकारी दिए ।कोभिड–१९ को दोस्रो लहरले अवस्था निकै जटिल बनाइदिएको छ । यसले गर्दा सरकारले केही दिनअघि राष्ट्रिय जनगणना स्थगित गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *