Top News राजनीति

कोरोनाको भयावह स्थिति हुनुमा ओली बढी जिम्मेवार : देउवा

काठमाडौं,२७ बैशाख । नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्माओलीकै कारण मुलुकमा कोरोनाले यस्तो भयावह स्थिति सिर्जना गरेको बताउनुभएको छ।

विश्वासको मत माग्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै देउवाले सरकारले समयमै सहि तरिकाले काम गर्न नसक्दा यस्तो नेपाली जनताले यस्तो परिणाम भोग्नुपरेको बताउनुभएको हो।

‘बन्दै नबनेको धरहराको उद्घाटन गर्न दुई साता अगाडि बढ्न थालेको अवस्थामा प्रधनमन्त्रीजी ठूलो तामझामका साथ जानुभयो । यो गैर जिम्मेवारीको नमुना हो’, उहाँले भन्नुभयो।

त्यस्तै सभामुख र उपसभामुख फरक फरक पार्टीको हुनुपर्ने विधान रहेपनि प्रधानमन्त्रीले उक्त व्यवस्थालाई बेवास्ता गरेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “संविधान अनुसार प्रतिनिधिसभाको सपथ लिएपछि प्रधानमन्त्री बन्ने व्यवस्था उलंघन गर्नुभएको होएन ?, “सभामुख र उपसभामुख फरक पार्टीको हुने व्यवस्था तपाईले लत्याउनुभएको होइन ? उपसभामुख पद खाली राख्नुपर्ने अवस्था कसका कारण आएको छ ?”

प्रधानमन्त्री ओली स्वयंले औषधि नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनुपर्ने छैन भनेको स्मरण गर्दै उहाँले प्रश्न गर्नुभयो, ‘आज ज्यान गुमाइरहेकाहरु नेपाली होइनन् ? कहाँ गयो तपाईंको प्रतिवद्धता ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *